अभिनेत्री नम्रता श्रेष्ठ सिनेमा ‘कलिउड’मा अफिसियल्ली अनुबन्धित भएकी छिन् । उनले सहाना बज्राचार्यलाई रिप्लेस गरेकी छिन् । निर्देशक नवराज आचार्यले नम्रतालाई अनुबन्धित गरिएको जानकारी दिए । नेपाली अभिनेत्रीहरूको उतारचढावपूर्ण करियर चित्रण गर्ने सिनेमामा नम्रताको मुख्य भूमिका हुनेछ । यसअघि सहानाले व्यस्तताको कारण जनाउँदै अन्तिम समयमा आएर सिनेमा छाडेकी थिइन् ।
नम्रता अब आर्यन सिग्देलको अपोजिटमा देखिनेछिन् । ‘मेरो एउटा साथी छ’पछि आर्यन र नम्रताले अनस्क्रिन रोमान्स गर्न लागेका हुन् । आगामी महिनादेखि छायांकन सुरु हुने सिनेमालाई कुमार खड्काले निर्माण गर्नेछन् । पछिल्लो महिना नम्रताले ‘कलिउड’सहित ‘छड्के’ र एक अनटाइटल प्रोजेक्ट साइन्ड गरेकी थिइन् । उनले कलिउडमा अभिनेत्री पात्रको भूमिका चित्रण गर्नेछिन् ।

द्वन्द्व कलाकार संघमा पनि शक्तिसंघर्ष सुरु भएको छ । संस्था एकलौटी ढंगले चलाउन खोजेको भन्दै राजेन्द्र खड्गी क्याम्पले अध्यक्ष योगेन्द्र श्रेष्ठलाई हटाउन लबिङ सुरु गरेको छ । संस्थापक गोपाल भुटानीको नाममा स्थापना गर्न लागिएको चार करोड फाउन्डेसनको स्वामित्वलाई लिएर विवाद सुरु भएको हो । अध्यक्षलाई हटाउन खड्गी समूहले शुक्रबार बिहान ज्याठामा बस्ने ‘आपतकालिन’ बैठकमा अविश्वास प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको छ ।
आफ्नो राजिनामाको केही दिनअगाडि संचारमन्त्री जेपी गुप्ताले चलचित्र विकास बोर्ड पुनर्गठन गरेका छन् । स्रोतका अनुसार मौजुदा तीन सदस्यलाई पदमुक्त गरि गुप्ताले रिक्त सदस्यहरूमा निर्देशक विकास आचार्य र गायक रामकुमार मण्डल (रामा)लाई नियुक्त गरेका छन् । नियुक्तिपत्र बुझ्न उनीहरू विहिबार दिउँसो मन्त्रालय पुगेका थिए । मन्त्रीस्तरिय निर्णयबाट माओवादी कोटामा नियुक्त प्रवक्ता विजय बस्नेत, मौसमी मल्ल र उदय सुब्बालाई पदमुक्त गरिएको बताइएको छ । 